जीप दुर्घटनामा चालकको मृत्यु

माघ ५, २०८१

घनश्याम खड्का

Driver dies in jeep accident

म्याग्दी — म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully