गोरखा — नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दलमा विचारहीन राजनीति र गुटबन्दी हावी हुँदै गएको बताएका छन् ।
कृष्णप्रसाद भट्टराई मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबार तीनधारेमा भएको स्मृति समारोहलाई सम्बोधन गर्दै निधिले पार्टी राजनीति ‘आउट अफ द ट्र्याक’ मा गइरहेको बताएका हुन् ।
‘मैले जहिले पनि किसुनजीको निष्ठाको पक्ष खोजी गर्छु, मलाई के लाग्छ भने गुटबन्दी भयो, मान्छे दौडाहा भइरहेको छ, आफ्नै पार्टीको साथीलाई आफ्नै पार्टीका साथीले हराइदिएका छन्,’ उनले भने, ‘किसुनजीलाई पनि हराइएको थियो, कहिलेकाहीं बहस गर्छौं किसनुजीले जितेको भए, नेपालको राजनीतिक यस्तै हुन्थ्यो त ?’
बीपी कोइराला, कृष्णप्रसाद भट्टराईको विचारको खोजी गरेर पार्टी अघि बढ्नुपर्ने उनले बताए ।
