नवलपरासी पूर्व — कावासोतीमा जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर दूरीमा रहेको एउटा मोबाइल पसलमा गएराति चोरी भएको छ ।
कावासोतीस्थित बीपी चोकमा रहेको मोबाइल पसलबाट करिब २० लाख मूल्यबराबरको मोबाइल चोरी भएको सञ्चालक विशाल तिवारीले दाबी गरे ।
सोमबार राति पसलको सटर फोरेर सोकेस रित्तै बनाएको उनले सुनाए । पसलको च्यानलगेट र सटरसमेत फोरेर पसल चोरी भएको हो । बीपी चोकमा रहेको यो पसलबाट ६ सय मिटर दूरीमा रहेका दुईवटा पसलमा एक महिनाअघि चोरी भएको थियो ।
