गैँडा मृत फेला

पुस २२, २०८१

नारायण शर्मा

Rhinoceros found dead

नवलपरासी — चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपरासीमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको सीसवर मध्यवर्ती क्षेत्रको पिप्रहर घाटमा करिब २३ वर्षको भाले गैँडा मृत भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार गैँडा जुधेका कारण मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यो एक वर्षको अवधिमा चितवन निकुञ्ज र आसपासमा १३ वटा गैँडा मरेको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully