नवलपरासी — उखु बोकेको गाडीमा ठोक्किँदा आइतबार दिउँसो सुनवलमा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार आइतबार दिउसो सुनवल परासी सडक खण्डमा उखु बोकेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालक परासीका १८ वर्षका दिप प्रजापतिको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीसँगै मोटरसाइकलमा रहेका सुरज सहानी घाइते छन् । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।
