तनहुँ — बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
‘बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँ हो,’ उनले भने, ‘पर्यटनमार्फत नै यस ठाउँको विकास गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गरी तनहुँको अर्थतन्त्र बलियो बनाउनुपर्छ ।’
बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । ‘भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ,’ उनले भने ।
