गण्डकीको पुट्टार र लुम्बिनीको रामपुर जोड्ने पुल निर्माण अन्तिम चरणमा

पुस १२, २०८१

रासस

The construction of the bridge connecting Puttar in Gandaki and Rampur in Lumbini is in the final stage

दमौली (तनहुँ) — गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुल अन्तिम चरणमा पुगेको हो । 

फागुनभित्र पुल सञ्चालन गर्नेगरी कामहरु तीव्र गतिमा अगाडि बढेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । उनका अनुसार हाल फुटपाथ, पहुँचमार्ग, रेलिङलगायते कामहरु भइरहेको छ । 

The construction of the bridge connecting Puttar in Gandaki and Rampur in Lumbini is in the final stage६ वर्षको अवधिमा पुल निर्माण भएको हो । उक्त पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण भएको सिग्देलले जानकारी दिए । 

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण भएपछि स्थानीय खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहज रुपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुने स्थानीय रोमाकान्त पोख्रेलले जानकारी दिए । 

रासस

Link copied successfully