खोँचमा खसेका व्यक्तिको जीवितै उद्धार

पुस १२, २०८१

प्रतीक्षा काफ्ले

Rescue of the trapped person alive

कास्की — पोखरा महानगरपालिका–९ स्थित खोंचमा खसेका पैदलयात्रीको जीवितै उद्दार गरिएको छ । बिहीबार राति सवा नौ बजेको समयमा बाटो हिड्ने क्रममा खसेका सोही ठाउँका ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

पोखराको कालिका गणबाट खटिएको विशेष उद्दार तथा रेस्क्यू टोलीले तत्कालै उद्दार गरेको थियो । कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माका अनुसार पुन १५ मिटर तल खोंचमा बसेका थिए ।

उनलाई टाउकोमा चोट लागेको गणपति शर्माले बताएका छन् । उपचारको लागि गण्डकी मेडिकल कजेल लगिएको शसस्त्र प्रहरीले बताएको छ ।

प्रतीक्षा

Link copied successfully