लागूऔषध मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

पुस ११, २०८१

सम्झना रसाइली

Absconding defendant arrested in drug case

तनहुँ — लागूऔषध गाँजा मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । बन्दिपुर गाउँपालिका– २ मोहरियाका ४४ वर्षीय राजन श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

श्रेष्ठलाई उनकै घरवतनमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट गत कात्तिक २३ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी गराएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully