सुनवलमा बस दुर्घटना हुँदा २२ जना घाइते

पुस ६, २०८१

नारायण शर्मा

22 people injured in a bus accident in Sunwal

नवलपरासी — नवलपरासीको सुनवलमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार राति  दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ६ जना गम्भीर रहेका छन् भने उनीहरूलाई उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ ।

प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । 

साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully