गैंडाकोट र अरुणखोलामा दुई शव फेला

पुस ५, २०८१

नवीन पौडेल

Two dead bodies were found in Ghandakot and Arunkhola

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट र अरुखोलामा दुई वटा बेवारिसे शव फेला परेको छ ।

गैंडाकोट नगरपालिका-१ थुम्सि नजिकै नारायणी नदीको भंगालोमा करिब ४० वर्षको मंगोलियन वर्णको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएकाले भरतपुरको सरकारी अस्पतालमा राखिएका छ । 

यसैगरेर मध्यविन्दु नगरपालिका-१० टकला सामुदायिक वनमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । वनमा घाँस काट्न गएका मानिसले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully