गोरखा — गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवान बाबु मास्के चयन भएका छन् । संघको अध्यक्ष पदका लागि मास्केको मात्र उम्मेदवारी परेपछि मास्के निर्विरोध निर्वाचित बनेका हुन् ।
संघको १७ औं अधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको थियो । अध्यक्षसहित सबै पदाधिकारी र सदस्यमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दवाडीले बताए । समितिको वरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबाबु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ, सह–कोषाध्यक्षमा बसन्त बस्नेत चयन भएका छन् ।
त्यस्तै सदस्य (महिला)मा सुशीला श्रेष्ठ, सदस्य (वस्तुगत) मा पर्वबहादुर विश्वकर्मा, सदस्य (एशोसियट) मा विक्रम बस्नेत, सदस्यमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ (अनु) मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइरालाको उम्मेदवारी परेको थियो ।
संघको ४९ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सोहीअनुसार बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।
