ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मंसिर २९, २०८१

प्रकाश बराल

The driver died when the tractor overturned

बागलुङ — बागलुङको गलकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति सााढे ११ बजे गलकोट नगरपालिका-३ को भैसेमा ध १ त १९२ नम्बरको ट्याक्टर सडकदेखि पल्टिएको थियो । 

घटनामा गुल्मीको मुसिकोट घर भएका २४ वर्षीय टेकबहादुर बिकको मृत्यु भएको प्रहरीले बतायो । मध्यपहाडी लोकमार्गको खरबाङदेखि गलकोटको हटिया आउने क्रममा उक्त ट्याक्टर दरमखोलाको पुल नजिकै पल्टिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बतायो ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully