मुग्लिन–पोखरा सडक ५ दिन आंशिक प्रभावित हुने

मंसिर २८, २०८१

रासस

Muglin-Pokhara road will be blocked for 5 days

तनहुँ — मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिन आंशिक प्रभावित हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार  बिहान ८.०० बजे देखि साँझ ६.०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।  

कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ । 

रासस

Link copied successfully