लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु 

मंसिर २४, २०८१

आश गुरुङ

1 person died in a tractor accident in Lamjung

लमजुङ — लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका-६ ठुलिबेसीमा सोमबार ग १ त ६१४१ नम्बर अनियन्त्रित भई पल्टिँदा २५ को मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

ट्याक्टर च्यालिएर सहचालक लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक धादिङ बेनीघाट गाउँपालिका वडा नम्बर-६ का २८ वर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully