मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मंसिर २०, २०८१

नारायण शर्मा

One dead, one injured in a motorcycle accident

नवलपरासी — गैंडाकोटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार कालीगण्डकी कोरीडर हुँदै गैडाकोटस्थित महेन्द्रराजमार्गमा आउँदै गरेका रुपन्देहीका पंकज ज्ञवालीको मृत्यु भएको हो ।

३५ वर्षीय ज्ञवाली रुपन्देहीको भैरहवा निवासी हुन् । ज्ञवाली कृषि अनुसन्धान परिषद (नार्क) का प्राविधिकतर्फका अधिकृत हुन् । उनीसंगै रहेका अर्का सुकबहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।गुरुङ लमजुङका हुन् ।

उनको चितवनस्थित पुरानो मेडिकल कजेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति साढे ११ बजे उनीहरु चढेको बुलेट मोटरसाइकल दुर्घटनामा परेको थियो । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully