गोरखा — गोरखा नगरपालिका–५ मा मतगणना सुरु भएको छ । गोरखा–५ मा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार ८ बजेपछि मतगणना सुरु गरिएको हो ।
वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ६१.७१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ सय ७३ मत खसेको छ । उपनिर्वाचनमा ९ जना उम्मेदवार छन् ।
२०७९ सालमा निर्वाचित वडाअध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।
