विनयी खोलामा बाघ मृत फेला

जेष्ठ १०, २०८१

नारायण शर्मा

Tiger found dead in Binayi river

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको विनयी खोला किनारमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख केशव अघिकारीका अनुसार बुधबार साँझ स्थानीयले खोला किनारमा बाघ मृत देखेपछि खबर गरेका थिए ।

त्यसपछि वन कार्यालय र प्रहरीको टोलीले दुम्कीबासस्थित वन कार्यालयमा बाघ ल्याएको छ । बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो देखिएको वन अधिकारीले जनाएका छन्  । बाघको आज पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए । पोथी बाघ मृत फेला परेको हो ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully