अरुणखोलामा पाटे बाघ मृत फेला

फाल्गुन ४, २०८०

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको अरुणखोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । मध्यबिन्दु नगरपालिका १० अरुणखोला जंगलमा बयस्क बाघ मृत अवस्थामा फेला परेको सब डिभिजन वन कार्यालय अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले बताए ।

भाले बाघ केही दिन अगाडिनै मरेको र कुहिएको अवस्थामा फेला परेको हो । के कति कारणले बाघ मरेको हो भन्ने बिसयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । एक महिना अगाडिदेखि जिल्लाको बिनयत्रिबेणी र मध्यबिन्दु क्षेत्रमा बाघ देखिएको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully