गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

दुई महिला एकैपटक मन्त्री नियुक्त

वैशाख १५, २०८०

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।

यस्तै, गण्डकी सरकारमा आजै पहिलोपटक दुई महिला एकैपटक मन्त्री नियुक्त भएका छन् । माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका हुन् ।

गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए । सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री दिइएको हो । पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र (एकीकृत समाजवादी प्रवेश गरेका) एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । 

प्रतीक्षा

Link copied successfully