र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएकी महिलाको स्वाब परीक्षणमा देखिएन कोरोना

वैशाख १, २०७७

लालप्रसाद शर्मा

पोखरा — र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षण्मा कोभिड १९ पोजिटिभ देखिएकी बागलुङकी एक महिलाको स्वाब परीक्षणमा भने कोरोना देखिएन । 

बागलुङको काठेखोला–६ की ६५ वर्षीया महिलाको आइतबार गरिएको टेस्टमा पोजिटिभ देखिएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण गरिएको थियो । ‘र्‍यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ नतीजा आयो,’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले भने, ‘उनको सोमबार स्वाब परीक्षण गरिएको हो ।’ ती महिला लकडाउनअघि भारतको गया तीर्थयात्रामा गएर फर्केकी थिइन् । 

लालप्रसाद

Link copied successfully