यसकारण भूकम्पको फरक मापन- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसकारण भूकम्पको फरक मापन

अमेरिका र नेपालको मापनमा किन फरक देखिन्छ ?
लाेकविजय अधिकारी

काठमाडौ — १२ वैशाखको भूकम्पलाई नेपालकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.६ रेक्टर स्केल नाप्यो । अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटी (यूएसजीएस)ले त्यसको मापन गर्दै क्रमशः ७.८ रेक्टर स्केल भन्यो । किन पर्‍याे फरक?

१२ वैशाखको भूकम्पलाई हाम्रो राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.६ रेक्टर र २९ वैशाखको भूकम्प ६.८ रेक्टर स्केल नाप्यो । तर, अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटी (यूएसजीएस)ले त्यसको मापन गर्दै क्रमशः ७.८ र ७.४ रेक्टर स्केल भन्यो । जनमानसमा यसले एक खालको भ्रम सिर्जना गरेको छ, यो दुई किसिमको तथ्यांक किन ?

भूकम्पका तरंग मुख्य गरी दुई किसिमका हुन्छन् ः पहिलो- 'बडी वेभ' र दोस्रो- 'सर्फ]{ वेभ' । भूकम्पको उद्गम विन्दु (हाइपोसेन्टर)बाट केन्द्रविन्दु -इपिसेन्टर) अर्थात् सतहसम्म आउने तरंगलाई वडी वेभ भनिन्छ । यो पनि दुई प्रकारका हुन्छन् : एउटा- 'प्राइमरी वेभ' र अर्को- 'सेकेन्डरी वेभ' । प्राइमरी वेभको गति छिटो हुन्छ, त्यसैले यो सतहसम्म सबभन्दा पहिले आउँछ र यसको चाल तल/माथि (भर्टिकल) हुन्छ । यसको शक्ति पनि कम नै हुन्छ । सेकेन्डरी वेभको गति प्राइमरीभन्दा अझ कम हुन्छ । त्यसैले यो प्राइमरीभन्दा ढिलो आउँछ । यसको चालचाहिँ दायाँ/बायाँ अर्थात् -होरिजेन्टल) हुन्छ ।

यसर्थ, सेकेन्डरी वेभको गति कम र शक्ति बढी हुन्छ ।

सर्फ]{ वेभचाहिँ ठूलो भूकम्प जाँदा सतहमा नै उत्पन्न हुन्छ र सतहमा नै हिँड्छ । यसको गति बडी वेभभन्दा कम हुन्छ । त्यसैले यो सबैभन्दा ढिलो आउँछ । तर, सबैभन्दा शक्तिशाली हुन्छ र सबैभन्दा बढी क्षति पुर्‍याउँछ । यिनै तरंगहरूको गति प्रयोग गरेर भूकम्पको म्याग्निच्युड निकालिन्छ । त्यसमध्ये नजिकका भूकम्पको म्याग्नेच्युड निकाल्न सर्फ]{ वेभको तरिका प्रयोग हुन्छ, जसलाई वैज्ञानिक भाषामा 'लोकल म्याग्निच्युड' -एमएल)का साथै रेक्टर स्केल पनि भनिन्छ । पछिल्लो समयमा यसलाई 'मोमेन्ट' पनि भन्न थालिएको छ । जस्तो कि, यस भूकम्पको म्याग्निच्युड कति थियो भन्ने भन्दा मोमेन्ट कति थियो/छ भनिन्छ ।

यसपटक गएको भूकम्पबारे नेपाल, चीन, युरोप र अमेरिकाबाट फरक-फरक रेक्टर स्केल देखाइयो । भूकम्पविद्का आँखाबाट हेर्दा त्यो स्वाभाविक पनि थियो । यसबाट मानिसमा भ्रम पर्‍यो । जस्तो ः १२ वैशाखको भूकम्पलाई हामीले लोकल म्याग्निच्युड (एमएल)का आधारमा ७.६ भनेका हौँ । यूएसजीएसले नेपालमा आएको भूकम्पलाई सुरुमा ७.९, त्यसपछि ७.५ र अन्त्यमा ७.८ रेक्टर स्केल भन्यो । चीनले ८.१ रेक्टर स्केल माप्यो । उनीहरूको यस्तो प्रस्तुतिपछि नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनता नडराऊन् भन्नका लागि मात्र धेरैलाई पनि थोरै भनेको रहेछ भन्दै कतिपयले हामीलाई ढँटुवा पनि भने । कतिपयले हाम्रा उपकरण कमजोर भएकाले कम रेक्टर स्केल निस्किएको पनि भने ।

वास्तवमा नजिक र टाढा गएका भूकम्पहरूको मापन कसरी गरिन्छ र त्यसलाई कुन वेभका आधारमा देखाइएको छ भन्ने तथ्यगत जानकारीको अभावमा राष्ट्रिय भूकम्प मापन केन्द्रमाथि अविश्वास गरिएको थियो । तर, आधिकारिकचाहिँ लोकल म्याग्निच्युडको वेभ हेरेर हामीले भनेका हौँ । चीन, अमेरिकासँग जुन उपकरण छन्, हामीले पनि उस्तै उपकरणको उपयोग गरिरहेका छौं । तिनै उपकरणको प्रयोग गरेर लोकल म्याग्निच्युड -एमएल) ७.८ रेक्टर स्केल निकालिएको हो ।

भूकम्पको केन्द्रविन्दुबाट नजिक रहेका स्टेसनका विवरणबाट लोकल म्याग्निच्युड निकालिन्छ । लोकल म्याग्निच्युडले झन्डै एक हजार किलोमिटरसम्मको दूरीको विवरण देखाउँछ । टाढाका भूकम्पलाई प्राइमरी वेभ -पी वेभ)को एम्प्िलच्युड प्रयोग गरेर पत्ता लगाइन्छ । जसलाई बडी वेभ म्याग्निच्युड अर्थात् एमबी भनिन्छ । नेपालमा पनि टाढा-टाढा गएका भूकम्पहरूको मापन यही शैलीबाट गरिन्छ । जस्तो कि, हामीकहाँ पनि संसारभर गएका पाँच रेक्टर स्केलभन्दा माथिका भूकम्पको मापन रेकर्ड हुन्छ । हामीले रेकर्ड गरेका टाढाका भूकम्पका तरंगहरू पनि लोकल म्याग्निच्युड अर्थात् त्यहाँको तुलनामा फरक नै आउँछन् । टाढा-टाढा गएका भूकम्पहरूको मापनको अर्को तरिका पनि छ । त्यो हो, सर्फ]{ वेभ अर्थात् एमएस म्याग्निच्युडको उपयोग । चीनले एमएस म्याग्निच्युड उपयोग गरेरै १२ वैशाखको भूकम्पलाई ८.१ रेक्टर स्केल भनेको हो । केन्द्रविन्दुनजिकका उपकरणले मात्रै लोकल म्याग्निच्युड पत्ता लगाउन सक्छन् ।

अमेरिकी भूकम्पविद्हरूले १२ वैशाखको भूकम्पलाई सुरुमा बडी वेभ अर्थात् एमबीको प्रयोग गरेर ७.९ भनेका थिए । भूकम्पका म्याग्निच्युड तरंगबाट नाप्दा फरक-फरक भयो भनेर एकरूपता ल्याउन मोमेन्ट म्याग्निच्युड -एमडब्लू)को प्रयोग गर्न थालिएको हो । यो तरिका ठूला-ठूला भूकम्पको मापन गर्न मात्र प्रयोग गरिन्छ । यसमा भूकम्पले बनाएको धाँजा फाटेको क्षेत्र, सर्काएको दूरी र चट्टानको कडापनको मापन गर्ने विधि अपनाइन्छ । यसलाई तरंगले नापिन्न । यस तरिकाले वास्तविकता तुरुन्तै निकाल्न सकिन्न, अनुमान मात्र भनिने हो । तुरुन्त निकाल्न सकिने लोकल म्याग्निच्युड मात्र हो ।

भूकम्प नाप्ने तरंग, एकाइ, सूत्र फरक-फरक भएकाले तिनीहरूका मापन पनि फरक-फरक आएका हुन् । मापन विधि फरक भएकाले म्याग्निच्युड थोरै तलमाथि भए पनि त्यसले कति शक्ति क्षय गर्‍यो भन्नेचाहिँ फरक पर्दैन । यूएसजीएसले सुरुमा बडी वेभका आधारमा ७.९ भनेको थियो तर अहिले मोमेन्ट म्याग्निच्युड प्रयोग गरेर ७.८ भनेको छ । भूकम्पका तरंगहरू नाप्दा टाढाकाले नाप्ने एमबी, एमएस, एमडब्लू र नजिकैकाले नाप्ने लोकल म्याग्निच्युड -एमएल) एउटै हुनुपर्छ भन्ने छैन । किनभने, सबैतिर जमिनको तहको विधि एकनासको हुँदैन ।

भूकम्पको केन्द्रविन्दु नजिक हुँदा तरंगहरू स्थानीय क्रस्ट -५५ किलोमिटर तलसम्मको सतह)बाटै हिँड्नेे गर्छन् । त्यसैले केन्द्रविन्दुबाट मापन स्टेसनसम्मको तरंगका आधारमा म्याग्निच्युड निर्धारण गरिन्छ । नेपालमा गएको भूकम्पको अमेरिकामा मापन गर्दा त्यो तरंग क्रस्टबाट सोझै नगई म्यान्टल -५५ किमिभन्दा तलको सतह), कोर -म्यान्टल भन्दा पनि तलको सतह) हुँदै प्रवेश गर्‍यो । यूएसजीएसले म्याग्निच्युड निर्धारण गर्दा भित्रबाट प्रवेश गरेको तरंगका आधारमा गर्‍यो । भूकम्पका तरंगहरू मापन स्टेसनसम्म कहाँ-कहाँबाट प्रवेश गरेर गए, त्यसले म्याग्निच्युडलाई थोरै तलमाथि देखाउन सक्छ । त्यसैले स्थानीय तहको अर्थात् हाम्रो तुलनामा मापन गरेको म्याग्निच्युड फरक परेको हो । हामीले यस तथ्यलाई बुझाउन विलम्ब भएकाले नागरिकमा भ्रम पर्न गएको हो ।

(राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीसँगको कुराकानीमा आधारित ।)
- नेपाल म्यागजिनबाट




प्रकाशित : जेष्ठ ९, २०७२ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

आइपिएल फाइनलमा चेन्नई र मुम्बई

एजेन्सी

मुम्बर्इ — पहिलो क्वालिफायरमा मुम्बईबाट पराजित चेन्नई सुपर किंग्स आइपिएलको फाइनलमा पुगेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो । आठ सिजन भएका खेलमा चेन्नई छैटौंपटक फाइनल पुगेको हो ।


इलिमिनेटरमा राजस्थान रोयल्सलाई पराजित गरेर क्वालियफायर खेल्न आएको बेंगलोर चेन्नईसामु टिक्न सकेन । पहिले ब्याटिङ गरेको बेंगलोरले ८ विकेटको क्षतिमा १ सय ३८ रनमात्र बनाउन सक्यो । बेंगलोरका लागि क्रिस गेलले सर्वाधीक ४१ रन जोडे । चेन्नईका आशिष नेहराले ३ विकेट लिए । बेंगलोरका गेलबाहेक विराट कोहली र एबी डि भिलियर्स जस्ता ब्याट्सम्यान धेरैबेर टिक्न सकेनन् ।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले माइकल हसीको ५६ रनको मद्दतले ७ विकेट गुमाएको लक्ष्य पूरा गर्‍यो । मुम्बई र चेन्नई बीच आइतबार फाइनल खेल हुँदैछ ।
 

प्रकाशित : जेष्ठ ९, २०७२ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×