‘टोय स्टोरी ५’ को बक्स अफिसमा उछाल, फ्रेन्चाइजको कीर्तिमानी ओपनिङ

यस फिल्मले आफ्नो पहिलो सप्ताहन्तमै विश्वभरबाट ३० करोड डलर भन्दा बढीको सानदार कमाइ गर्दै फ्रेन्चाइज फिल्मकै इतिहासमा सर्वाधिक ठूलाे ओपनिङ गरेको हो ।

असार ८, २०८३

बीबीसी

'Toy Story 5' soars at the box office, setting a record opening for the franchise

लस एन्जलस — डिज्नी र पिक्सारको चर्चित एनिमेटेड फ्रेन्चाइज ‘टोय स्टोरी ५’ ले बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । गत १९ जुनमा रिलिज भएको यस फिल्मले आफ्नो पहिलो सप्ताहन्त मै विश्वभरबाट ३० करोड डलर भन्दा बढीको सानदार कमाइ गरेको हो । यो यस फ्रेन्चाइजकै इतिहासमा सबैभन्दा उत्कृष्ट ओपनिङ हो ।

यस पाँचौँ शृङ्खलामा मुख्य पात्रहरू वुडी, जेसी र बज लाइटइयरले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतिद्वन्द्वी— एउटा 'ट्याब्लेट कम्प्युटर' (डिजिटल ग्याजेट) को सामना गरेका छन् ।

डिज्नी र पिक्सारको उत्कृष्ट पुनरागमन

पछिल्ला केही वर्षहरूमा लगातार व्यावसायिक चुनौतीको सामना गरिरहेका डिज्नी र पिक्सार फिल्म स्टुडियोका लागि यो सफलताले ठूलो राहत मिलेको छ । यो कमाइ यस वर्षकै दोस्रो ठुलो ‘ग्लोबल ओपनिङ विकेन्ड’ बनेको छ ।

यस वर्षको सबैभन्दा ठुलो ओपनिङ भने ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ को नाममा छ, जसले हालसम्म विश्वभरबाट १ अर्ब डलरभन्दा बढी कमाइसकेको छ । ‘टोय स्टोरी ५’ ले पहिलो सप्ताहन्तमा उत्तर अमेरिकाबाट मात्रै १६ करोड डलर र बाँकी विश्व बजारबाट १५ करोड डलरभन्दा बढीको टिकट बिक्री गर्न सफल भएको छ ।

'Toy Story 5' soars at the box office, setting a record opening for the franchise

लागत र बक्स अफिस चुनौती

यो फिल्म करिब २५ करोड डलरको बीग बजेटमा निर्माण भएको बताइएको छ । निर्माण लागतबाहेक मार्केटिङ र अन्य खर्चहरू उठाउनका लागि मात्रै पनि फिल्मले कम्तीमा ५० करोड डलर कमाउनुपर्ने हुन्छ ।

ऐतिहासिक रूपमा पिक्सारका फिल्महरूले आफ्नो लगानी सजिलै सुरक्षित गर्ने गरेका छन् । कतिपय फिल्मले त निर्माण र प्रचार खर्चभन्दा तीन गुणा बढीसम्म कमाइ गरेका छन् । यसअघि पिक्सारका सिक्वेलहरू ‘द इन्क्रेडिबल्स २’ र ‘इन्साइड आउट २’ ले १ अर्ब डलरभन्दा बढीको व्यापार गरेका थिए ।

तर, हालैका वर्षहरूमा यी स्टुडियोका केही फिल्महरू, जस्तै एलियनको कथामा आधारित ‘एलियो’ र टोय स्टोरीको स्पिन-अफ ‘लाइटइयर’ बक्स अफिसमा नराम्ररी फ्लप भएका थिए । डिज्नीको पछिल्लो बीग बजेटको स्टार वार्स स्पिन-अफ ‘द म्यान्डलोरियन एन्ड ग्रोगु’ ले मात्र अहिलेसम्म आफ्नो १६ करोड ५० लाख डलर लागतको ‌‌‌दोब्बर अर्थात् ३२ करोड कमाइ गरेको छ ।

'Toy Story 5' soars at the box office, setting a record opening for the franchise

बदलिँदो फिल्म बजार र 'टोय स्टोरी' को विरासत

कोभिड-१९ महामारी यता समग्र बक्स अफिसको कमाइमा गिरावट आएको छ । नेटफ्लिक्स र डिज्नी प्लस जस्ता स्ट्रिमिङ सेवा (ओटीटी) तर्फ दर्शकहरूको आकर्षण बढेपछि हलसम्म दर्शकहरूलाई फर्काउन फिल्म स्टुडियोहरूले निकै संघर्ष गरिरहेका छन् । विशेष गरी ठुलो बजेटका फिल्महरूले बक्स अफिसमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । यसका बाबजुद, ‘टोय स्टोरी’ शृङ्खला पिक्सारकै सबैभन्दा बढी नाफा कमाउने फ्रेन्चाइजमध्ये एक हो । सन् १९९५ मा वुडी र बज लाइटइयरका पात्रलाई दर्शकमा परिचित गराएयता यस फ्रेन्चाइजले विश्वभर ३ अर्ब डलरभन्दा बढी कमाइसकेको छ ।

'Toy Story 5' soars at the box office, setting a record opening for the franchise

खेलाौनाहरू जीवित हुने संसारको कथा प्रस्तुत गरेको यसको पहिलो फिल्म (१९९५) ले कम्प्युटर-जेनरेटेड ग्राफिक्स (सीजीआई) को प्रयोगमा क्रान्ति ल्याउँदै पिक्सारलाई शीर्ष एनिमेसन स्टुडियोको रूपमा स्थापित गरेको थियो । यसअघिका तेस्रो र चौथो शृङ्खला दुवैले बक्स अफिसमा १-१ अर्ब डलरभन्दा बढीको व्यापार गरेका थिए ।

बीबीसी

Link copied successfully