संगीत सुन्ने र महसुस गर्ने एउटै थलो : द कम्पोजर्स डेस्क

एउटै मञ्चमा लगभग तीन घण्टासम्म २५ संगीतज्ञले लोक र आधुनिक वाद्यवादनको फ्युजनमा गुन्जियो।

कार्तिक २३, २०८२

दीपेन श्रेष्ठ

One place to listen and feel music: The Composers Desk

What you should know

काठमाडौँ — संगीत सिर्जना भनेको केवल नोटहरू लेख्ने प्रक्रिया मात्र होइन। ती नोटहरू श्वास, स्वर, ताल र मानव भावनाले जिएपछि मात्र संगीत जीवित हुन्छ। यही सृजनात्मक सहकारितालाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित शनिबार राष्ट्रिय सभागृहमा द कम्पोजर’स डेस्क- फर्स्ट एडिसन २०२५ सम्पन्न भयो।

यस संस्करणमा प्रस्तुत कार्यक्रम विश्वसंगीतको स्वरूपमा नेपाली लोकधुनको आत्मालाई सिनेमाटिक स्कोरको गरिमा र आयामसँग संयोजन गरिएको थियो। कार्यक्रमका संगीत संयोजन, स्वरूप र विशेष वाद्यसंयोजन नाम्लो म्युजिक हबका संस्थापक तथा संगीतकार गंगा थापा को कलात्मक दृष्टिकोणबाट प्रेरित थिए।

संगीतकार तथा निर्माता गंगा थापासँगै २५ संगीतज्ञ एउटै मञ्चमा लगभग तीन घण्टा लगातार लोक वाद्यवादन र आधुनिक वाद्यवादनको फ्युजनमा गुन्जियो।

One place to listen and feel music: The Composers Desk

कार्यक्रम ‘जारी’ चलचित्रको संगीतबाट सुरु हुँदै ‘तीनपाते’, कर्णाली क्षेत्रका स्थानीय धुन बौजु, थारू समुदायको ‘सखी री’, र समग्रमा १६ वटा सिर्जनाले सभागृहलाई संगीत यात्रामा डुबायो।

One place to listen and feel music: The Composers Desk

मञ्चमा झन्डै २५ संगीतज्ञहरू मुरलीदेखि सारंगी, मदलदेखि बाँसुरी, ड्रमसेटदेखि स्ट्रिङ सेक्सनसम्म सबैले एकै स्वरमा संगीतकारको दृष्टि र भावलाई जीवन्त बनाए।

One place to listen and feel music: The Composers Desk

गंगा थापा सँगै एइलिन थापा: सेलो, स्वर, फोबी श्रेष्ठ: भायोलिन, ईभा महर्जन: सेलो, रोश्ना शाक्य: भायोलिन, रवी श्रेष्ठ: डबल बेस, स्वर्णिम महर्जन: बाँसुरी, रुपेश शाक्य: बाँसुरी, फ्लुट, परास सुवेदी: मादल, सिजन महर्जन: पर्कसन (तालवाद्य), जोसेफ श्रेष्ठ: गिटार, अश्विन: सारंगी, धन बहादुर गुरुङ: सनई, स्टिभ अरास्तिया: क्ल्यारिनेट र गायक/स्वर कलाकारहरू, शिङ्ग्रोन पुन, पवन गिरी, अंशु र्की, रेश्मा पुन, समिक्षा चौधरी, सन्तोष राना, पार्वती थापा, श्रीति प्रधान सँगै  बालबालिकाहरूले पनि प्रस्तुति दिएका थिए।

One place to listen and feel music: The Composers Desk

द कम्पोजर्स डेस्कले केवल प्रदर्शन गरेन संगीतकार र संगीतज्ञहरूबीचको संवादलाई दर्शकसामु सार्थक तरिकाले खुला गर्‍यो।

One place to listen and feel music: The Composers Desk

One place to listen and feel music: The Composers Desk

One place to listen and feel music: The Composers Desk

दीपेन

Link copied successfully