काठमाडौं — गीतकार/संगीतकार शिव सुवेदीको 'यत्ति जान्न मन छ....' गीत नयाँ वर्षको अवसरमा सार्वजनिक भएको छ ।
गीतकार/संगीतकार शिव सुवेदीको 'यत्ति जान्न मन छ....' गीत नयाँ वर्षको अवसरमा सार्वजनिक भएको छ ।
पशुपति शर्मा र स्मृति पुनको स्वर रहेको गीत ईकान्तिपुर डट कममार्फत सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा गायक शर्मा र अभिनेत्री आशा खड्काले अभियन गरेका छन् ।
सुवेदीले 'यत्ति जान्न मन छ....' गीतबाट आफूले धेरै आशा गरेको बताएका छन् । पढाइ र पैसाको फरक विषयमा आफूले गीत लेखेको उनले उल्लेख गरे ।
सुवेदीले यसअघि पहिला घामजस्तो चम्किलो जुन हुँदैन, भुल्ने भयो धौ, घामले नि पोल्दियो, दुखेको देश, आमा तिम्रो दुधको भारा...लगायतका गीत सिर्जना गरेका छन् ।
