ऊर्जामन्त्रीको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

भाद्र ३०, २०८२

काठमाडौं — नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर  पदभार सम्हालेका छन् । मन्त्री घिसिङको पहिलो निर्णय छ : डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन  । 

उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले यसमा अवरोध गरेको थियो । करिब ८ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

२०७३ सालकै तिहारबाट सहरहरूमा ‘लोडसेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिब डेढ दशकदेखि विद्युत् आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो । घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा ग्रुजिरहेकै बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

 

Link copied successfully