मूल्यमा प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगरौं : वाणिज्य विभाग

भाद्र ३०, २०८२

काठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न सबैलाई आग्रह गरेको छ। बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकाले आवश्यकता भन्दा बढी खरिद तथा सञ्चय नगर्न आग्रह गरिएको हो।

विभागले उपभोक्ता हित संरक्षणका लागि वस्तु सञ्चित नगर्न–नगराउन निजी क्षेत्र र आवश्यकता भन्दा बढी खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ। ‘बजारमा उपभोग्य वस्तुको अभाव छैन। माग–आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने वस्तु सञ्चित नगर्न सबै पक्ष (उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता) लाईआग्रह गर्छौं,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Link copied successfully