काठमाडौं– नेपाल समुद्रपार निकासी पैठारी संघले आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह गरेको छ । शुक्रबार संघले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रदर्शनका क्रममा भएका घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघले ठहर गरेको छ ।
