काठमाडौं– तरकारी फलफूल बीउबेर्ना लगायतका कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानीमा सहयोग गरिदिन कृषि विभागले आग्रह गरेको छ ।
ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग्रह गरेको हो ।
