काठमाडौं — सोमबारको जेन-जी आन्दोलनपछि मंगलबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले देशभरका होटल उद्योगमा ठूलो क्षति पुर्याएका छन्।
नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ। यसरी तोडफोड र आगजनीमा परेको सम्पत्तिको अनुमानित मूल्य २५ अर्ब रुपैयाँ बराबर रहेको छ।
