एक वर्षमै बिक्यो मुस्ताङबाट ९२ करोडको स्याउ

मंसिर २५, २०८१

Apples worth 92 crores were sold from Mustang in one year

म्याग्दी — मुस्ताङ जिल्लाका कृषकले यस वर्ष स्याउ बिक्री गरी ९२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । कृषि ज्ञानकेन्द्र मुस्ताङका अनुसार यस वर्ष मुस्ताङका कृषकले स्याउ बिक्री गरी त्यति रकम आम्दानी गरेका हुन् ।

मुस्ताङका स्याउ किसानले ८२ करोड रुपैयाँ बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाडौंलगायत बाहिरी जिल्लामा निकासी गरे भने बाँकी १० करोड मूल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका हुन् । 

कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुखसमेत रहेका वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङका अनुसार यस वर्ष ६ सय हेक्टर उत्पादनशील क्षेत्रमा लगाइएका स्याउका बोटमा ७ हजार ३ सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको हो । स्याउ जोन मुस्ताङका अनुसार हाइडेन्सिटी हाइब्रिट स्याउको बारीमै प्रतिकेजी २ सय रुपैयाँ र अन्य स्याउ बारीमा प्रतिकेजी १ सय ६० रुपैयाँमा बिक्री भएको हो । मुस्ताङमा गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन वृद्धि भएको थियो । 

‘हामीले कृषकबाट लिएको विवरणमा आधारित तथ्यांक अनुसार यस वर्ष मुस्ताङबाट एक अर्ब रुपैयाँ हाराहारीमा स्याउ बिक्री भएको छ,’ कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले भने, ‘उच्च घनत्व र अन्य स्याउको मात्रात्मक विवरण टेबुलमा छैन । तर स्याउ उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।’

छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) जातको स्याउ खेती विस्तार भएको, रोगब्याधि व्यवस्थापन भएको र अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले दाबी गरेको छ । Apples worth 92 crores were sold from Mustang in one year

मुस्ताङका बगानबाट मंसिर दोस्रो सातादेखि स्याउ निख्रिएको कृषकहरूले बताएका छन् । अधिकांश स्याउ बगानबाट कात्तिक पहिलो साताभित्रै स्याउ सकिएकामा कुनै कुनै बगानबाट मंसिर दोस्रो सातासम्म स्याउ बजार पठाएपछि बगान निख्रिएको हो । 

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् ।

Link copied successfully