सरकारले पर्यटकीय गन्तव्यसम्बन्धी योजना बनाउादा सबै सरोकारवाला निकायसाग छलफल गर्नुपर्छ । हामीले दिने सेवाअनुसार हामीले पैसा लिनुपर्छ । उच्च, ठिक्क र सस्तो भनेर सेवाबापतको मूल्य वर्गीकरण गर्न सकिए मात्र हाम्रो पर्यटकीय गन्तव्यका लागि त्यहीअनुसार पैसा आउने हुन्छ ।
प्रचार गर्ने बेलामा सस्तो भनेपछि सबैले सस्तो खोजिरहेका हुन्छन् । त्यसैले केही बढी मुल्य घुम्न आउनेहरूले हुादा चित्त बुझाउँदैनन् । सबैभन्दा पहिला हामीले गुणस्तरीय सेवा दिनुपर्छ र त्यसअनुसार पैसा लिनुपर्छ ।
मुस्ताङ र मनाङ हिमाल पारिका जिल्ला हुन् । यी क्षेत्रमा पहिला ट्रेकिङमार्फत पर्यटक आउँथे । अहिले सडक पूर्वाधार बनेसँगै पर्यटनको अवधारणा पनि परिवर्तन हुँदै गएको छ । पहला ट्रेकिङबाट थोरै पर्यटक आउँथे । अहिले सडक राम्रो भएकाले बस, जिप, कार, मोटरसाइकल, साइकल र ट्रेकिङमार्फत पनि पर्यटक आउने गरेका छन् । अहिले नेपाली पर्यटक पनि धेरै आउने गरेका छन् ।
होटल व्यवसायमा हामीले सबैलाई पहुँच दिनुपर्छ । जो पहिला आउँछ, उसले सेवा पाउँछ, बास पाउँछ । विदेशीलाई दिने, नेपालीलाई नदिने भन्ने होइन । जसले पहिला बुकिङ गर्छ, उसलाई पहिलो प्राथमिकता दिएर सेवा दिने गरेका छौं । पहिला बाह्य पर्यटक आउँदा नेपालीले नपाउने, नेपाली आउँदा बाह्य पर्यटकले नपाउने हुन्थ्यो । अहिले सामाजिक सञ्जालको जमाना छ । अनलाइन बुकिङ हुन्छ । नेपाली आउँदा पहिलो प्राथमिकता उनीहरूलाई नै दिन्छौं
बाह्य पर्यटक प्रकृति प्रेमी हुन्छन् । उनीहरूलाई शान्त वातावरण चाहिन्छ । दुवै ग्रुपलाई मिक्स गर्न हामीलाई चुनौती भइरहेको छ । हामीले होटलको हिसाबले नभई गुणस्तर सेवाका हिसाबले पैसा लिने हो । हाम्रो सानो बुटिक होटल हो । हेर्दा ठूलो जस्तो लाग्न सक्छ । हामी बढी खानामा केन्द्रित हुने गरेका छौं । याक डोनाल्ड्समा एउटा ‘ह्यापी’ मिल छ, यसलाई हामीले सबै क्षेत्रसँग जोडेका छौं । अर्थतन्त्र, वातावरण, कल्चरसँग जोडेका छौं ।
पाहुनाले लोकल तरकारीहरूको स्वाद चाख्न चाहे बारीबाट पकाउँछौं । आफैंले उत्पादन गरेको आलुको स्वाद चखाउँछौं । खानाका परिकारले स्थानीय कल्चर झल्किन्छ । गुणस्तरीय स्वाद दिन सकियो भने पैसा लिने कुरामा समस्या छैन । स्थानीयको उत्पादन खपत गर्न सके उनीहरूले पनि आम्दानी गर्न सक्ने भए । त्यसैले पर्यटन र कृषिलाई सँगसँगै लैजानुपर्छ । पर्यटन क्षेत्रमा लाग्नेहरूलाई सरकारी निकायबाट बेला–बेलामा तालिम दिन पनि आवश्यक छ ।
(कान्तिपुरले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ विषयक सत्रमा गुरुङले राखेको विचारको सम्पादित अंश)
