चितवन हुँदै काठमाडौं जाने सडकमा राति १० बजेदेखि यातायात बन्द

बर्खायाममा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड पहिरोको उच्च जोखिममा रहन्छ ।

श्रावण २, २०८३

रमेशकुमार पौडेल

Traffic closed on the road to Kathmandu via Chitwan from 10 pm

चितवन — भारी वर्षाको पूर्वानुमानपछि चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदिखि नारायणगढ-मुग्लिन सडक र मुग्लिन पछिको पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ ।

अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

चितवनका छिमेकी जिल्लामा पानी पर्न सुरू भएको छ । बर्खायाममा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड पहिरोको उच्च जोखिममा रहन्छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully