तित्राङखानीमा पहिरो खसेपछि नागढुंगा-मुग्लिन सडक अवरुद्ध

पहिरो निरन्तर झरिरहेकाले पन्छाउन समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए ।

असार ३२, २०८३

पोषनाथ अधिकारी

Nagdhunga-Muglin road blocked after landslide in Titrangkhani

काठमाडौँ — नागढुंगा-मुग्लिन सडक खण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ-१०, तित्राङखानीमा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । 

वर्षापछि सडकमाथिबाट खसेको पहिरोका कारण यातायात दुवैतर्फ अवरुद्ध भएको हो । पहिरो निरन्तर झरिरहेकाले पन्छाउन समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए । अहिले पहिरो पन्छाउन सडक आयोजनाका डोजरहरू परिचालन गरिएको छ । 

निरन्तर पहिरो पन्छाउन पाएमा सवारीसाधन सञ्चालन गर्न कम्तीमा ५ घण्टा लाग्ने प्रमुख थापाको भनाइ छ ।

गत वर्ष पनि सोही स्थानमा खसेको पहिरोका कारण दुई दिनसम्म सवारी आवागमन रोकिएको थियो ।

पोषनाथ

Link copied successfully