बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिँदै

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रीय तहबाटै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेका मन्त्रीहरूले सरकार छाड्न लागेका हुन्।

असार ३२, २०८३

सुवास विडारी

6 UML ministers resign from Bagmati government

मकवानपुर — एमालेबाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्। दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा उनीहरूले राजीनामा बुझाउने तयारी गरेका हुन्।

सत्ताको नेतृत्व गरिरहेको  कांग्रेसले केन्द्रीय तहबाटै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेका मन्त्रीहरूले सरकार छाड्न लागेका हुन्। आज बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठबीच वर्तमान राजनीतिक अवस्था तथा सत्ता सहकार्यबारे छलफल भएको थियो।

हाल बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully