सोमबार साँझ तुइनखोला, सेती दोभान र मंगलबार बिहान जलवीरे नजिक पहिरो खसेको थियो ।
चितवन — पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको छ । भरतपुरको डिभिजन सडक कार्यालयले सूचना निकालेर लेन अनुसासन कायम राख्दै, ओभरटेक नगरी, सीमित गतिमा गाडी चलाउन अनुरोध गरेको छ । सोमबार साँझ यो सडकको तुइनखोला, सेती दोभान र मंगलबार बिहान जलवीरे नजिक पहिरो खसेको थियो ।
वर्षा जारी नै रहेका कारण सचेत र सजग भई गाडी चलाउन प्रशासनले अपिल गरेको छ । नारायणगढ मुग्लिन-सडक पहिरोको उच्च जोखिममा रहेको छ । काठमाडौं र पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग रहे पनि बर्खायाममा यो सडक हरेक वर्ष पहिरोका कारण घण्टौं अवरुद्ध हुँदै आएको छ । तुइनखोला, कालीखोला पहिरोग्रस्त क्षेत्र हुन् ।
तस्बिर नाम र क्याप्सन ः
तस्बिर ः रमेशकुमार पौडेल–कान्तिपुर ।
