ट्रकका चालक घाइते भएका छन्। घाइते चालकको खुट्टामा चोट लागेको छ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको सोमबार बिहान बाढीले खाली ट्रक चालकसहित बगाएको छ। ट्रकका चालक घाइते भएका छन्।
घाइते चालकको खुट्टामा चोट लागेको छ। चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर बाढीबाट आफैं निस्केका थिए।
हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगेको थियो।
ट्रक बगेको स्थानमा खोला तर्न ह्युम पाइप हाली बनाएको कल्भर्ट (लच्कामा) मा पानीको बहाव बढ्न गई चालकसहित बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चालकको हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित मेडिकलमा उपचार भइरहेको छ। ट्रक खोलामै छ। खोलाबाट ट्रक निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ।
गत वर्षको वर्षायाममा पनि उक्त स्थानमा खोलाले ट्रक बगाएको थियो।
