आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
पहिरोमा परेका आमा–छोरीको स्थानीयले राति नै उद्धार गरेर दोलखा धुलिखेल अस्पताल ल्याएका थिए। अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।