चीनकाे सीमामा ड्राेन उडाउने २ नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा

लप्चीमा चहलपहल देखिएपछि चीनले निगरानी बढाएकाे छ ।

असार १६, २०८३

केदार शिवाकोटी

दोलखा — चीनसँग सीमा जाेडिएकाे लप्ची घुम्न पुगेका २ जना युवाले सीमा पार गरेर ड्राेन उडाएपछि चीनका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

असार २ गते लप्ची पुगेका काठमाडौंका मनाेज प्रजापति र भक्तपुरका सुदीप थापामगरले नेपाली सीमा पार गरेर ड्राेन उडाएपछि चीनका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।उनीहरू दुवैलाई असार १२ गते चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएकाे स्राेतले बतायाे । दुवै युवालाई न्यालम काउन्टीमा राखिएकाे छ ।

पछिल्लो समय जलविद्युत् आयाेजनाले बनाएकाे सडकले सहज भएपछि चीनकाे सीमा जाेडिएकाे लप्ची घुम्ने दैनिक रूपमा बढ्दै गएका छन् । सीमामा चहलपहल देखिएपछि चीनले निगरानी बढाएकाे छ । 

केदार

Link copied successfully