शुक्रबार दिउँसो ३ बजेतिर पनौती नगरपालिका-१२ स्थित महभिर बस्ने अन्दाजी ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा थापिएको विद्युतीय धरापमा परी मृत्यु भएको हो ।
काभ्रे — काभ्रेको पनौतीमा बाँदरलाई राखेको विद्युतीय धरापमा परी एक जना महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, शुक्रबार दिउँसो ३ बजेतिर पनौती नगरपालिका-१२ स्थित महभिर बस्ने अन्दाजी ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको हो । बाँदरबाट काँक्रो खेती जोगाउन करेन्ट फिट गरी राखिएको धरापमा परी मुल्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीको मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको उनले जानकारी दिए ।
