चितवनको नारायणी नमुना माविका ३७ जनाको चार जीपीए

प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार १९ छात्र र १८ छात्राले जीपीए चार ल्याएका हुन् ।

वैशाख २९, २०८३

रमेशकुमार पौडेल

37 students from Narayani Model Secondary School in Chitwan have achieved a GPAs of 4.

चितवन — माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविका ३७ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । 

प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार १९ छात्र र १८ छात्राले जीपीए चार ल्याएका हुन् । उक्त विद्यालयबाट यो पटक ३८० जना विद्यार्थी एसईईमा सामेल भएका थिए । 

जसमध्ये एक जनाबाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक दुवाडीले बताए । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार जिल्लामा १२ हजार विद्यार्थी एसईईमा सामेल थिए ।

परीक्षाको नतिजाको विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ । प्रारम्भिक विवरणमा चितवनमा कुल ७३ जना विद्यार्थीको चार जीपीए आएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully