खरिपाटी लगियो १ सय १८ सुकुमवासीलाई

केहीले आफूले लगाएकाे लुगाबाहेक केही लिन नपाएकाे सुनाए । तत्काल स्थायी समाधान दिएर व्यवस्थापन गर्नुपर्ने माग उनीहरूकाे छ ।

वैशाख १९, २०८३

सुन्दर शिल्पकार

118 squatters taken to Kharipati

भक्तपुर — सरकारले एक सातायता काठमाडाैं उपत्यका नदी किनारमा बसाेबास गर्ने सुकुमवासीलाई हटाइरहेको छ । विस्थापित सुकुमवासीलाई कीर्तिपुर, धापाखेल, खरिपाटी, बोडे, नगरकोट, चोभार, बनेपा तथा होटलहरुमा राखिएको छ ।

विस्थापित भएका केही सुकुमवासी भक्तपुरकाे खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणकाे तालिम केन्द्रकाे हाेस्टेलमा राखिएका छन् । उनीहरूलाई खान र बस्ने व्यवस्था केन्द्रमै गरिएको छ ।

शनिबार दिउँसाेसम्म १ सय १८ जना सुकुमबासीलाई ल्याएको केन्द्रका इन्चार्ज निरन्जन लामिछानेले जानकारी दिए । जसमध्ये बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेका छन् । केन्द्रमा २ सय ५० जना अट्ने क्षमताकाे दुईवटा भवन छन् ।

सरकारले अर्को भवन पनि खाली गर्न भनेकाले तयारी अवस्थामा राखिएकाे लामिछानेले बताए । साँझसम्ममा थप १ सय ५० जना सुकुमवासी आउने जानकारी आफूले पाएको उनको भनाइ छ ।

118 squatters taken to Kharipati

यहाँ आइपुगेका सुकुमवासीले आफ्नाे परिवार र बालबालिकाको भविष्यप्रति चिन्तिन रहेकाे बताएका छन । सरकारले व्यवस्थापन गर्ने भनेर बस्तीमा डाेजर चलाएपछि आफूहरू अलपत्र परेकाे उनीहरूकाे भनाइ छ । केहीले त आफूले लगाएकाे लुगाबाहेक केही लिन नपाएकाे सुनाए । तत्काल स्थायी समाधान दिएर व्यवस्थापन गर्नुपर्ने माग उनीहरूकाे छ ।

सुन्दर

Link copied successfully