मध्य पृतनापति ट्रफी प्रतियोगितामा गोरखबहादुर गणको विजयी सुरुआत

हेटौंडास्थित सुपारीटार व्यारेकको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा गोरखबहादुर गणले भैरवबहादुर गणलाई २-१ ले पराजित गरेको हो।

वैशाख १४, २०८३

प्रताप विष्ट

Gorakh Bahadur Gana makes a winning start in the Madhya Pritanapati Trophy competition

हेटौंडा — हेटौंडामा सोमबारदेखि सुरु भएको नेपाली सेनाको मध्य पृतनापति ट्रफी प्रतियोगिता अन्तरगत भएको फुटबलको उद्घाटन खेलमा गोरखबहादुर गण विजयी भएको छ ।

हेटौंडास्थित सुपारीटार व्यारेकको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा  गोरखबहादुर गणले भैरवबहादुर गणलाई २-१ ले पराजित गरेको हो। 

वैसाख २८ सम्म संचालन हुने प्रतियोगिताका विजयी खेलाडीलाई प्रधान सेनापति  ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प संचालन गरिने जनाएको छ । पृतनापति ट्रफी प्रतियोगितामा ६ र ७ नम्वर बाहिनीको साथै शेर गण, भैरवबहादुर गण र नयाँ सुवज गणका खेलाडी सहभागी छन् ।

प्रतियोगितामा भलिबल, फुटबल, बास्केट वल र एथ्लेटिक्सलगायत ८ खेलमा प्रतिस्पर्धा हुने छ । विभिन्न विधाको प्रतियोगिता विभिन्न गण र बाहिनीमा संचालन गरिने छ । समापनको दिन सुपारेटार व्यारेकको खेल मैदानमा फुटबलको फाइनल खेल हुने जनाएको छ । 

४७१ वटा मेडल रहेको उक्त प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित ५ सय ५० खेलाडी सहभागी हुने छन् । मध्य पृतना हेटौंडाले प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक प्रथम हुन सफल भएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully