राति अवेरसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

शुक्रबार बार राति करिब १ बजेको समयमा नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझहरूमा अनुगमन गर्दा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

वैशाख ११, २०८३

सुवास विडारी

4 arrested for running dance bar until late at night

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले राति अबेरसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार बार राति करिब १ बजेको समयमा नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझहरूमा अनुगमन गर्दा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा हेटौंडा–१० स्थित ब्लुमुन डान्स बारमा कार्यरत वर्ष २० का महेन्द्र गोले, हेटौंडा–४ स्थित लेवल अप डान्स बारमा कार्यरत वर्ष २३ का संयोग सुनार, हेटौंडा–१० स्थित आरआरएस दोहोरी साँझमा कार्यरत वर्ष २५ का सुजन घलान र सिरेटो थकाली रोधी गजल घरमा कार्यरत वर्ष ३० का इन्द्रबहादुर ओली रहेका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully