श्रम संस्कृति पार्टी मकवानपुरले राक्सिराङ गाउँपालिका-३ लावतीका अग्निपीडित निशामाया चेपाङको परिवारका लागि नयाँ घर बनाइदिएको हो ।
हेटौंडा — घर जलेर स्याउलाको छाप्रोमा बस्दै आएको एक चेपाङ परिवारले नयाँ पक्की घर पाएको छ ।
श्रम संस्कृति पार्टी मकवानपुरले राक्सिराङ गाउँपालिका-३ लावतीका अग्निपीडित निशामाया चेपाङको परिवारका लागि नयाँ घर बनाइदिएको हो ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले निशामाया परिवारलाई गृहप्रवेश गराएका छन् ।
करिब १० धुर जमिनमा श्रम संस्कृति पार्टीका कार्यकर्ताले श्रमदान र चन्दा संकलन गरेर जस्तापाताको छाना भएको २ कोठे भवन वनाएका थिए । श्रमदानसहित २ लाख ५ हजार रुपैयाँको लगानीमा उक्त घर निर्माण गरेको पार्टी अध्यक्ष सिन्तानले बताए ।
गत चैत ४ मा निशाको घरमा आगो लागेर पूर्णरुपमा जलेको थियो । घर जलेर करिब ६ लाख बराबरको क्षति भएको थियो । घर जलेपछि चेपाङ परिवार खोरियामा स्याउलाको छाप्रो बनाएर बस्दै आएको थियो ।
