बिस्केट जात्राको अन्तिम दिन: ढालियो हात नभएको योसिंद्यो

चैतको अन्तिम दिनको दिउँसो प्रजापति समुदायले कुमाले टोलमा जेठा गणेशको मन्दिर परिसरमा उभ्याएको योसिंद्यो शनिबार बिहान स्थानीयले बाजागाजासहित पूजा गरेर डोरीले तानेर ढालेका हुन् ।

वैशाख ५, २०८३

सुन्दर शिल्पकार

Last day of Bisket Jatra: Handless Yosindy is cast

भक्तपुर — भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन शनिबार भक्तपुरको कुमाले टोलमा हात नभएको योसिंद्यो अर्थात लिंगो ढालिएको छ । 

चैतको अन्तिम दिनको दिउँसो प्रजापति समुदायले कुमाले टोलमा जेठा गणेशको मन्दिर परिसरमा उभ्याएको योसिंद्यो शनिबार बिहान स्थानीयले बाजागाजासहित पूजा गरेर डोरीले तानेर ढालेका हुन् ।

आज बिस्काः जात्राको अन्तिम दिन हो । शनिबार नै साझ भैरवनाथको तीन तले रथ तानेर जात्रा समापन गरिन्छ । आज गहिती टोलमा रहेको भैलखलाई स्थानीयले पहिलो दिन जस्तै आआफ्नै टोलमा लैजान तानातान गरिन्छ । आजको दिनलाई द्यो थाहा बिज्याइगु अर्थात देउता माथि सवार हुने भनिन्छ । 

सुन्दर

Link copied successfully