मौसममा सुधार आएसँगै बीपी राजमार्गमा यातायात सुचारू

राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो । मौसममा सुधार आएसँगै यातायात सुचारू गरिएको हो ।

चैत्र २३, २०८२

ज्योती श्रेष्ठ

Traffic on BP Highway resumes as weather improves

काभ्रे — मौसममा सुधार आएसँगै बीपी राजमार्गमा यातायात सुचारू गरिएको छ ।

केही समयअघि मौसममा सुधार आएपश्चात् सोमबार राती साढे ८ बजेपछि बीपी राजमार्गमा यातायात सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सोमबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा  खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो । सवारी साधनलाई काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएको थियो । 

हाल मौसममा सुधार भएर राजमार्गमा यातायात सुचारु गरिएपछि सावधानी अपनाएर यात्रा गर्न सवारी चालकलाई  प्रहरीले विशेष अनुरोध गरेको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully