शुक्रबार दिउँसो नन्दप्रसादको घरबाट सल्केको आगोले ३ घर जलेर नष्ट भएको दोलखाका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । बस्तीमा आगो फैलिन नदिन स्थानीयको थप २ घर भत्काइएको छ ।
दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा आगलागीमा परेर ३ वटा घर ध्वस्त भएका छन् । आगलागीबाट स्थानीय नन्दप्रसाद रेग्मी, मुकुन्द रेग्मीलगायतका स्थानीयको घर जलेका हुन् ।
शुक्रबार दिउँसो नन्दप्रसादको घरबाट सल्केको आगोले ३ घर जलेर नष्ट भएको दोलखाका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । बस्तीमा आगो फैलिन नदिन स्थानीयको थप २ घर भत्काइएको छ ।
आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान सुरु भएको उनले बताए ।