धुलिखेल पेट्रोलपम्पको डिजेल ट्यांकीमा आगलागी

प्रहरी र स्थानीयबासीको प्रयासमा केहीबेरमै आगलागी नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

चैत्र १२, २०८२

ज्योती श्रेष्ठ

Fire breaks out in diesel tank at Dhulikhel petrol pump

काभ्रे — जिल्लाको धुलिखेल बसपार्कमा रहेको पेट्रोल पम्पमा रहेको डिजेल ट्यांकीमा आगलागी भएको छ । बिहीवार साढे ४  बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयबासीको प्रयासमा केहीबेरमै आगलागी नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully