केबलको तार मर्मत गर्ने क्रममा पोलबाट खसेर १८ वर्षीय भुवाजन चेपाङको मृत्यु
हेटौंडा — हेटौंडा उपमहानगरपालिका-४ श्रमिकस्थित पोलमा स्थानीय केबलको तार मर्मत गर्ने क्रममा पोलबाट लडेर एक चेपाङ युवकको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका-६ खरखण्डे घर भई हेटौंडा उपमहानगरपालिका-१ मा बस्दै आएका १८ वर्षीय भुवाजन चेपाङको केबलको तार मर्मत गर्ने क्रममा पोलबाट खसेर मृत्यु भएको हो ।
सोमबार दिउँसो बिजुलीको पोलमा नेटफ्लिक्स इन्टरनेटमा काम गर्ने चेपाङ पोलमा चढेर तारको मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
उपचारकै क्रममा हेटौंडा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए । युवकको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
